चिदीचौर सवारी पार्किङमा परिणत

गुल्मीः सदरमुकाम तम्घासमा रहेको चिदिचौर खेलमैदान अहिले सवारी पार्किङको रुपमा परिणत हुन थालेको छ । चिदिचौरमा अहिले सरकारी, सार्वजनिक र निजी सवारीहरु पार्किङ स्थलको रुपमा परिणत हुँदा समेत सरोकारवालाहरु मौन रहेको पाइएको छ ।

सवारी साध पार्किङ मात्रै नभई यहाँ सवारी साधन सिक्ने र सिकाउने काम समेत हुन थालेको छ । जसका कारण खेलमैदानको आचित्य समेत सकिन थालेको यहाँका स्थानीयहरुले जनाउँदै आएका छन् ।

पार्किङ गर्ने अन्यत्र ठाउँ नभएकालेले सवारीधनीहरुले चिदिचौरमा पार्किङ गर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका हवल्दार नवीन भण्डारीले जानकारी दिनुभयो । आफुहरुले चाहेर पनि हटाउन नसकेको र सर्वपक्षीय छलफलबाट पार्किङको स्थान तोकिने उहाँको भनाई छ ।

चिदीचौर खेलकुदाका लागि धेरै संभावन बोकेको ठाउँ भएकाले खेलकुदलाई असरगर्ने गरी केही काम र सवारी पार्किङ गर्न नहुनेमा जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली बिकले जोड दिनुभयो । चिदीचौरमा सवारी पार्किङ गर्न नहुने भन्दै अन्यन्त्र्र बिकल्प खोज्न पनि उहाँले आग्रह गर्नुभयो ।

नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले चिदीचौर खेलमैदान भएकाले खेलकुदकै लागि प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । खेलमैदान खेलकुद खेल्नका लागि भएको भन्दै सवारी पार्किङका लागि नभएको उहाँको भनाई छ ।

यता रेसुङगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले चिदिचौरलाई ब्यवस्थित गर्नका लागि नगरपालिकाले काम गरिरहेको बताउनुभयो ।उहाँले चिदिचौरलाई वरपरबाट बार लगाई देख्नलायक बनाउन लागेको भन्दै चौरलाई पार्किङ गर्ने स्थलको रुपमा परिणत हुन नदिइने दाबी गर्नुभयो । – खबर मार्केटबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय