गठबन्धन नछाड्न प्रचण्डलाई रामचन्द्र पौडेलको आग्रह ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गठबन्धन नछाडिदिन आग्रह गर्नुभएको छ ।

प्रचण्डले सत्तारुढ गठबन्धनको सरकार बन्दा पहिलो पालोमा आफू प्रधानमन्त्री बन्न पाउनुपर्ने अडान राखिरहेपछि आज दुई नेताबिच भएको भेटवार्तामा पौडेलले यस्तो आग्रह गर्नुभएको हो ।

पौडेलले पहिलो पालोमै वा पछि जहिले भए पनि अहिलेको सत्तारुढ गठबन्धनबाटै प्रधानमन्त्री बन्न पाउने भन्दै गठबन्धन नतोड्न आग्रह गर्नुभएको निकट स्रोतले जानकारी दिएको छ ।

प्रचण्डलाई भेट्न पौडेल प्रचण्ड निवास खुमलटार पुग्नुभएको थियो । सरकार निर्माणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गते अपरान्ह ५ बजेसम्मको समय दिनुभएको छ। सो समय भोलीसाँझ सकिदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय