मुख्यमन्त्री पाण्डेद्वारा राजीनामा

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पदबाट राजीनामा दिनु भएको छ । धादिङबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित पाण्डे प्रदेशको बहालवाला मुख्यमन्त्री पनि रहेकोले दोहोरो भुमिकामा रहन नमिल्ने भएपछि मुख्यमन्त्री पदबाट राजिनामा दिनुभएको हो।

पाण्डेले मुख्यमन्त्री बहाल रहेकै अवस्थामा हिजो प्रतिनिधिसभा सदस्यको शपथ लिनुभएको छ ।पाण्डे प्रदेशसभाको तेस्रो मुख्यमन्त्रीको रुपमा २०७८ कात्तिक ११ गते जिम्मेवारी सम्हाल्नु भएको थियो ।

एमाले विभाजनपछि सत्ता गठबन्धनमा रहेर नेकपा एकीकृत समाजवादीको तर्फबाट उहाँले नेतृत्वको अवसर पाउनुभएको थियो।उनको राजीनामासँगै काम चलाउ सरकारको जिम्मेवारी समेत उहाँलाई नै दिइएको प्रदेश प्रमुख कार्यालय हेटौंडाले जनाएको छ ।

यस अघि बागमती प्रदेशमा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र नेता डोरमणि पौडेल मुख्यमन्त्री भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय