अबको प्रधानमन्त्री देउवा कि प्रचण्ड ?

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस संसदीय दलको नेता शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता हुने भएको छ ।

संसदीय दलको नेता चयन भएसँगै सरकार गठनको विषयमा देउवा र प्रचण्डबीच छलफल हुन लागेको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बताए । उनले भने, ‘आज नै कांग्रेस संसदीय दलको नेता र माओवादी संसदीय दलको नेताबीच भेटवार्ता हुन्छ । सरकार गठन बारे गृहकार्य अगाडि बढ्छ ।’

गठबन्धनको दलबीच सरकार बनाउने सहमति बनेपनि नेतृत्व कसले गर्ने भन्ने टुंगिन सकेको छैन । देउवाले आफैं नेतृत्वमा सरकार गठन गर्ने पक्षमा उभिएपनि प्रचण्डले आलोपालो सहमतिको अनुसार अडान नछाड्ने पक्षमा छन् ।

चुुनावअघि नै नयाँ सरकारको नेतृत्व प्रचण्डले गर्ने मौखिम सहमति बनेको थियो । तर, माओवादीले अपेक्षा गरेअनुसारको नतिजा नल्याएपछि कांग्रेसभित्र प्रचण्डलाई नेतृत्व दिन नहुने आवाज आइरहेको छ ।

तर, प्रचण्डलाई अब बन्ने सरकारको नेतृत्व छाड्ने देउवा लचक भएपछि संस्थापनइतर पक्षले चर्को दबाब दिँदै आइरहेको छ । कांग्रेसले प्रधानमन्त्री नदिए एमालेसँग मिल्नुपर्ने प्रचण्डमाथि पनि दबाब रहेकाले देउवा नेतृत्व छाड्न सकारात्मक छन् ।

गठबन्धनमा प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, मुख्यमन्त्रीसहित मुख्य संवैधानिक पदमा प्याकेजमा भागवण्डा मिलाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय