काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा आज बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ । बिहानैदेखि काठमाडौंसहित देशका पहाडी तथा तराईका भू–भागमा हुस्सु र कुहिरो लागेको मौसमविद्हरुले बताएका छन् ।
हाल नेपालको पूर्वी भू–भागमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसम बिग्रिएको हो ।
काठमाडौं उपत्यकाको आकाश बिहानैदेखि हुस्सुले ढाकेको छ । जसका कारण उडानहरु अवरुद्ध भएका छन् । उडानहरु अवरुद्ध बन्दा यात्रा गर्नेहरुलाई भने असहज भएको छ ।
हुस्सु र कुहिरोका कारण काठमाडौंमा पनि जाडो बढेको छ । बिहान काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
