काठमाडौं- नेपाली कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गरेका छन् ।
उनको उम्मेदवारीमा प्रस्तावक डा. शेखर कोइराला रहेका छन् । समर्थकमा भने उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका छन् । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवाले नै उम्मेदवारी दर्ता गराएका छन् ।
यो पनि पढ्नुहोस् – काठमाडौं – कांग्रेस संसदीय दलको विधान, २०७४ मा प्रतिनिधिसभाका सदस्यबाट एकभन्दा बढी दाबेदार रहेको अवस्थामा निर्वाचन हुने व्यवस्था छ ।
दफा ६ मा सम्पूर्ण सदस्यको ५० प्रतिशतभन्दा बढी मत ल्याउने उम्मदेवार दलको नेता बन्ने उल्लेख छ । दुईभन्दा बढी प्रतिस्पर्धी रहेको अवस्थामा पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसके निर्वाचन दोस्रो चरणमा प्रवेश गर्नेछ । पहिलो चरणमा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ भने बाँकी स्वतः बाहिरिनेछन् । दुई प्रतिस्पर्धीमा ५० प्रतिशतभन्दा बढी मत ल्याउने नै दलको नेता निर्वाचित हुनेछ ।
अंकगणितअनुसार कांग्रेसका ५७ प्रत्यक्ष र ३२ समानुपातिक गरी ८९ सांसद रहेको अवस्थामा निर्वाचन जित्न ४५ मत आवश्यक पर्छ । परिणामलाई हेर्दा संस्थापन समूहमा ३३ प्रत्यक्ष र २२ समानुपातिक गरी ५५ सांसद छन् । संस्थापन इतर समूहमा २४ प्रत्यक्ष सांसद छन् ।
महामन्त्री विश्वप्रकाश शर्माले दलको नेतामा अर्का महामन्त्री गगन थापालाई सघाउने बताउँदै आएका छन् । यो समूहमा १० समानुपातिक र २४ प्रत्यक्ष गरी ३४ जना सांसद देखिन्छन् । तर, बुधबार हुने निर्वाचनमा तीनजना उम्मेदवार बन्ने निश्चित देखिएको छ ।
इतर समूहमा डा.शेखर कोइराला र गगन थापा तथा संस्थापन पक्षमा शेरबहादुर देउवा दलको नेताका लागि उम्मेदवार हुने भएका छन् । आकांक्षी देखिएका नेता रामचन्द्र पौडेल, डा. शशांक कोइराला र प्रकाशमान सिंह उम्मेदवारीबाट पछि हटेका छन् ।
पौडेलले एक वर्षअघि भएको महाधिवेशनमा आफूलाई सभापतिमा नउठाएपछि कतै पनि नखुली मौन बसेका थिए । जसकारण दोस्रो चरणमा देउवाले शेखर कोइरालालाई पराजित गरेका थिए ।
काँग्रेसको १४औँ महाधिवेशनमा शेखर कोइराला पछाडि हट्ने अवस्था थिएन, अहिले संसदीय दलको निर्वाचनमा गगन थापा पछाडि हट्ने अवस्था छैन । त्यतिबेला शेखरलाई रामचन्द्र, शशांक र प्रकाशमानले स्विकार्न नसक्दा नमिठो नतिजा आयो, ।
अहिले शेखरले गगनलाई स्वीकार्न सकिरहेका छैनन् । उनी पनि रामचन्द्रहरुकै पथमा जाने संकेत देखिएको छ । यदि शेखरले अहिले बुद्धि र विवेक प्रयोग गरेनन् भने १५औं महाधिवेशनमा उनले सभापतिमा गगन थापासँगै भिड्नुपर्ने अवस्था आउन सक्छ ।
गगनले अहिले आफूलाई दलको नेतामा सहयोग गरे १५औं महाधिवेशनमा सभापतिमा सहयोग गर्ने प्रस्ताव गर्दा पनि शेखरले मानिरहेका छैनन् । बरु उनी मन्त्रीको लोभमा परेर देउवालाई जिताउन दलको नेतामा उम्मेदवारी दिन खोजिरहेको देखिएको छ ।


