कांग्रेसले गर्यो संसदीयदल नेता छान्ने मिति तय !

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुने भएको छ ।

कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति सदस्य निर्वाचन समितिले तय गरेको कार्यक्रमअनुसार दलको नेता चयन गर्न ६ पुस बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान हुनेछ ।

सोमबार बसेको निर्वाचन समितिको बैठकले यस्तो निर्णय गरेको हो । समितिको संयोजकमा भीष्मराज आङदेम्बे र सदस्यमा पुष्पा भुसाल तथा प्रकाश स्नेही छन् ।

पुस ४ गते मतदाता नामावली प्रकाशन, ५ गते उम्मेदवारका लागि दरखास्त दिनेसहिततका कार्यक्रम छन् । कांग्रेस संसदीय दलको नेता बन्न सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले इच्छा देखाएका छन् ।

कांग्रेसमा दलको नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय