एकाएक विप्लवको पार्टी बन्यो आक्रमक, चक्काजामको घोषणा  

रुपन्देही– नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र तत्कालीन सरकारबीच भएको तीन बुँदे सहमतिको कार्यान्वयनका लागि कानूनी बाटो खोल्न मुलुकी फौजदारी संहिता 

(पहिलो संशोधन) अध्यादेश २०७९ सरकारले राष्ट्रपति समक्ष पेश गरेपछि यसलाई असफल पार्न र मुलुकमा अशान्ति तथा द्वन्द्वको अवस्था सिर्जना गर्न षड्यन्त्र हुन खोजेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले आफ्ना संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालय कपिलवस्तु स्रोतका अनुसार नेकपाले पुस १ गते दिउँसो २ बजे देशव्यापी प्रदर्शन, २ गते कोणसभा, ३ गते जिल्ला सदरमुकाम र देशका मुख्य शहरहरुमा अन्तरक्रिया, ४ गते साँझ मसाल जुलुस र ५ गते बिहान १०–११ बजेसम्म १ घण्टा चक्काजाम गर्ने जनाइएको छ ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग नेपाल कम्युनिस्ट पार्टीले २० महिनाअघि गरेको सहमति अनुसार नेपाल कम्युनिस्ट पार्टीले शान्तिपूर्ण रुपमा आफ्ना विषयहरु राख्ने र सरकारले नेकपा माथि लगाएको प्रतिबन्ध फिर्ता लिने, बन्दी बनाइएका नेता कार्यकर्ताहरुको बिना सर्त रिहाइ गर्ने र उनीहरुमाथि राजनीतिक 

आस्थाका आधारमा लगाईएका मुद्धाहरु खारेज गर्ने सहमति भए पनि तर कार्यान्यवनमा ढिलाई गरेको भन्दै ध्यानाकर्षण गराउने उद्देश्यले संघर्षका कार्यक्रमहरु सार्वजनिक गर्न बाध्य भएको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय