ओली बार्दलीमा, राष्ट्रपति झ्यालमा

काठमाडौं- भनिन्छ पद र प्रतिष्ठा क्षणिक हुन् । टिकाउ हुन्नन् । आज बलियो र सर्वशक्तिमान भनिएको व्यक्ति केही दिनमै सडकमा आइपुग्छ । वरिपरि गाडी घोडा, सेना, प्रहरी सबै थोरै समयका लागि मात्र हो । जुन कुरा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको साढे तीन वर्षमा देखिएको थियो ।

अघिल्लो निर्वाचनमा वाम एकताको नाममा झन्डै दुई तिहाइ मतसहित प्रधानमन्त्री बनेका ओलीको रजगज थियो । कसैले ओलीको विरुद्धमा बोल्ने आँट राख्दैनथ्यो । बोलेमा उसकै लागि प्रत्युत्पादक हुन्थ्यो । त्यो हुनुमा जनमत कम्युनिस्ट पार्टीमा धेरै भएकाले पनि हो । नेपाली कांग्रेसको हैसियत त विशेष अधिवेशन आह्वानका लागि पनि पुग्दैनथ्यो । त्यही भएर ओली बेलगाम घोडाझै अघि बढे । हुने नहुने सबै काम गरे ।

बहुमतको प्रधानमन्त्री हुँदाहुँदै सरकार चलाउन नसकेर संसद् विघटन गरे । आफ्नै पार्टी नेकपा विघटन भयो । फेरि उनले अर्को पटक संसद् विघटन गरे । अन्तिममा सर्वोच्च अदालतको परमादेशपछि उनी प्रधानमन्त्रीबाट च्यूत भए ।

र, बालुवाटारबाट बालकोटको बार्दलीमा पुगे । केही समयपछि ओली बार्दलीमा बसेर खिचाएको तस्बिर निकै भाइरल भयो । त्यसपछि नै हो ‘बार्दली बा’ शब्द चर्चामा आएको ।

अहिले राष्ट्रपति विद्यादेवी भण्डारीको झ्यालको तस्बिर पनि त्यस्तै चर्चामा छ । कार्यकालको अन्त्य अन्त्यतिर भण्डारी बुधबार जन्मघर भोजपुर पुगिन् । उनले आफ्नो घरको निरीक्षण गरिन् । त्यही बेला उनले खिचाएको झ्यालको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

जुन तस्बिरमा भण्डारी निन्याउरो अनुहार लगाएर हेरिरहेकी छन् । – मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय