म छिट्टै प्रधानमन्त्री बन्ने सम्भावना छ : प्रचण्ड

कास्की – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू छिट्टै प्रधानमन्त्री बन्ने सम्भावना रहेको जिकिर गर्नुभएकाे छ ।

आज बुधवार कास्कीको अन्नपूर्ण गाउँपालिका १ मा रहेको महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती महोत्सवको उद्घाटन गर्दै उहाँले आफू छिटै प्रधानमन्त्री बन्ने बताउनुभएकाे हाे ।

अध्यक्ष प्रचण्डले आफू तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने बताउँदै तेस्राे कार्यकालमा अझ राम्रो काम गर्ने अठोट पनि गर्नुभयाे । पहिलो कार्यकाल राम्रोसँग विधि–प्रक्रिया बुझ्नै नपाइ गएको र दोस्रो कार्यकालमा देशका लागि केही महत्त्वपूर्ण काम गरेको उहाँकाे भनाइ थियाे ।

आफू नेतृत्वमा पुगे भ्रष्टाचार नियन्त्रण गरेर देशको आर्थिक विकासमा लाग्ने उहाँले दाबी गर्नुभयाे ।

कार्यक्रममा बाेल्दै उहाँले आउँदाे चुनावमा कास्कीबाट उठ्ने पनि बताउनुभयाे । अहिलेसम्म राजनीतिक क्रान्ति गरेको बताउँदै उहाँले अब आर्थिक क्रान्ति गर्ने उल्लेख गर्नुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय