एक नेपाली  युवक दक्षिण कोरियामा सुतेकै ठाउँमा मृत फेला

सोलुखुम्बु – सोलुखुम्बुका एक युवकको दक्षिण कोरियामा सुतेकै ठाउँमा ज्यान गएको छ ।

सोलु दूधकुण्ड नगरपालिका-३ तामाखानी घर भइ दक्षिण कोरियाको हव्साङसिमा कार्यरत २९ वर्षीय राम प्रकाश मगरको मङ्गलवार हिजाे ज्यान गएको हो ।

बेलुका राम्रैसँग सुतेका मगरको हृदयघातका कारण ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ । मगर केही दिनदेखि ब्लड प्रेसरका कारण सामान्य बिरामी रहनुभएका परिवारले जनाएको छ ।

मगर झन्डै ५ वर्षअघि कोरिया पुग्नुभएकाे थियाे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय