खिजिफलाटे प्रहरी चौकीका प्रमुख सुतेकै ठाउँमा मृत भेटिए

सोलुखुम्बु – ओखलढुङ्गाको इलाका प्रहरी कार्यालय खिजिफलाटेका प्रमुख एवम् प्रहरी निरीक्षक श्रीप्रसाद राई मृत भेटिनुभएकाे छ । 

राई आफ्नै घर सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ३ बासामा मृत भेटिनुभएकाे हाे । 

ओखलढुङ्गाको खिजिफलाटेमा कार्यरत राई पारिवारिक भेटघाटका लागि केही दिन अगाडि मात्र घर बिदामा आउनुभएकाे थियाे । 

हिजाे (सोमवार) बेलुका साथीभाइसँग रमाइलोका साथ खानपिन गरेर सुत्नुभएका राई आज मङ्गलवार बिहान आफ्नै ओछ्यानमा मृत भेटिनुभएको उहाँकाे परिवारिक स्राेतले जनाएको छ । 

सोमवार बेलुका राम्रैसँग खानपिन गरेर सुतेको तर मङ्गलवार बिहान मृत भेटिएको परिवारले जानकारी गराएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक सुकदेव खनालले बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय