को बन्दैछ मधेश प्रदेश मुख्यमन्त्री?

काठमाडौं– मधेश प्रदेशको भावी मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादव र वीरेन्द्र सिंहको दाबी देखिएको छ । यादव कांग्रेस मधेश प्रदेशका सभापतिसमेत हुन् ।

रौतहट–१ (२) बाट प्रदेशसभा सदस्य निर्वाचित यादव र सर्लाही–४ (१) बाट प्रदेशसभा सदस्यमा विजयी सिंहबीच मुख्यमन्त्री बन्न प्रतिस्पर्धा चलिरहेको छ । दुवै पार्टी सभापति शेरबहादुर देउवा पक्षधर हुन् । मुख्यमन्त्री बन्न दुवैले लविङ गरिरहेका छन् ।

मुख्यमन्त्रीमा धनुषा–३ (१) बाट प्रदेशसभामा निर्वाचित रामसरोज यादवको नाम पनि चर्चा छ । उनी पनि कांग्रेसकै हुन् ।

तर, रौतहटमा दलीय समीकरणका क्रममा मुख्यमन्त्री बनाउने सर्तसहित प्रतिनिधिसभामा उम्मेदवारी नदिएर प्रदेशसभा सदस्य बनाइएका यादवको दाबेदारी बलियो रहेको कांग्रेस नेताहरु बताउँछन् । – मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय