समानुपातिक सांसदको अन्तिम सूची पेस गर्न दिएको समय आज सकिँदै

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक संसदको अन्तिम सूची पेस गर्न दिएको समयसीमा आज सकिँदैछ ।

आयोगले, समानुपातिक तर्फबाट सांसद बन्ने उम्मेदवारको नामावली आजसम्म पठाउन बिहिवार राजनीतिक दलहरूलाई पत्र पठाएको थियो ।

आयोगले दिएको समय आज दिउँसो ४ बजे सकिनेछ । समानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवार मध्येबाट समानुपातिक समावेशी सिद्धान्त बमोजिम प्राथमिकता क्रमको आधारमा उम्मेदवारको नाम सिफारिस गरी पठाउन दलहरूलाई आयोगले पत्र पठाएको हो ।

आयोगले दिएको समय आज सकिने भएपनि दलहरूलाई भने उम्मेदवार छनौटमा समस्या देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय