सिके राउतले भेटे राष्ट्रपतिलाई, के थियो रहस्य ?

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ ।

सप्तरीबाट प्रतिनिधि सभामा निर्वाचित सांसद समेत रहेका राउतले मंगलबार शीतल निवास पुगेर राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटवार्ताका क्रममा देशको समसामयिक राजनीतिक निकासबारे समेत कुराकानी भएको राउतले बताउनुभएको छ। केही दिनयता राजनीतिक भेटवार्तामा लागेका राउतले प्रमुख दलका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गरिसक्नुभएको छ ।

राउत सरकारमा सहभागी हुने तवरले दौडधुप गरिरहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय