समानुपातिकर्फको मत गणना आज सकिने, कुन दललाई कति मत ?

काठमाडौं । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिकर्फको मत गणना आज मंगलबार सकिने भएको छ ।

मंगलबार बिहान ६ बजेसम्म एक करोड चार लाख ७८ हजार ७ सय ३५ मतगणना भएको छ । जसमा २८ लाख १४ हजार ६ सय ५५ मत मत पाउँदै नेकपा ९एमाले० अग्रस्थानमा रहेको छ । यस्तै २६ लाख ८८ हजार २ सय १८ मतसहित कांग्रेस दोस्रो र ११ लाख ६४ हजार १ सय २ मतसहित नेकपा ९माओवादी केन्द्र० तेस्रो स्थानमा रहेका छन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७ सय ७८ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ८ सय १६ मत पाएको छ । जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९ सय ५४ मत पाउँदा जनमत पार्टीले ३ लाख ९४ हजार मत पाएको छ ।

माधव नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० ले भने २ लाख ९६ हजार ९० मत मात्रै पाएको छ । प्रत्यक्षतर्फको सबै परिणाम आईसकेकाले निर्वाचन आयोगले समानुपातिकतर्फको मत गणना सकिएलगत्तै सिट विभाजनको प्रक्रिया सुरू गर्ने भएको छ ।

आगामी २८ गतेसम्ममा निर्वाचनको सम्पूर्ण नतिजासहितको प्रतिवेदन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने तयारी गरेको छ । त्यसपछि राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुहुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय