रवि लामिछानेको पार्टीलाई सागर ढकालको समर्थन

काठमाडौं । दार्चुला घटनामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको धारणालाई सागर ढकालले समर्थन गर्नुभएको छ ।

डडेलधुराबाट प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनावमा प्रतिस्पर्धा गर्नुभएका ढकालले अब बोल्ने कोही भएको आशा जागेको बताउनुभएको हो ।

दार्चुला सदरमुकाम खलंगामा रहेको नेपाल–भारत सीमा पुल एकपक्षीय रुपमा भारतले बन्द गरेको घटनामा उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘म केही दिन अघि दार्चुला आफै पुगेर फिल्डको अध्ययन गरेको थिएँ । रास्वपको यो विज्ञप्ति मेरो सहमति छ तर अब विज्ञप्तिभन्दा अझ एक कदम अगाडि जानुहुन अनुरोध छ ।’

उहाँले राष्ट्रिय पार्टी भइसकेपछि सिँधै परराष्ट्र मन्त्रालयलाई पत्र पठाउन आग्रह गर्नुभएको छ ।

‘राष्ट्रिय पार्टी भइसकेपछि सिँधै परराष्ट्र मन्त्रालयलाई पत्र पठाएर वा संसदको पहिलो बैठकबाटै यसको बारेमा अपडेट र सूचना लिने प्रकृया सुरु गर्नुपर्दछ’ उहाँले भन्नुभएको छ, ‘यो खोला फर्काएको बाँध बनाउनको लागि मात्र हो वा सधैँ यस्तै हो लगायतका अनेक प्रश्नको उत्तर सोध्नुपर्ने छ ।

मेरो तर्फबाट पनि काठमाडौं आइसकेपछि बुझ्नेछु। केही आशा जागेको छ अब कम्तिमा कोही त बोल्दै छ, ज्युँदै छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय