गठबन्धनको नेतृत्वमै अबको सरकार, यस्तो छ निर्णय

काठमाडौं । सत्ता गठबन्धनले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यो निर्णय गरेको हो । गठबन्धनलाई निरन्तरता दिने र गठबन्धनकै नेतृत्वमा सरकार बनाउने निर्णय भएको बालुवाटार स्रोतले जनाएको छ ।

ती नेताका अनुसार मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा गठबन्धनको पक्षमा अपेक्षाकृत नतिजा नआएको निष्कर्ष निकालिएको छ ।

यो पनि पढ्नुहोस् – काठमाडौं । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्या आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले आज पत्रकार सम्मेलन गर्दै हत्या आरोपित भरतराम कोलीलाई सार्वजनिक गरेको हो ।

मृतक मायाका परिवारले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएपछि प्रहरीले हिजो कञ्चनपुरको महेन्द्रनगरबाट कोलीलाई पक्राउ गरेको थियो । पक्राउ परेका कोलीलाई राति बैतडी पुर्‍याएर सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक तथा प्रवक्ता लोकराज जोशीले जानकारी दिनुभयो ।

कोली सशस्त्र प्रहरी जवान हुन् भने माया ०७९ मंसिर ४ गते भएको निर्वाचनमा म्यादी प्रहरी थिइन् ।

शिवनाथ गाउँपालिका–४ घर भएका कोलीले नै मायाको हत्या गरेको दाबी प्रहरीको छ । कोलीलाई पक्राउ गर्दै अदालतबाट १० दिन म्याद थपेर घटनाको थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव उपरीक्षक प्रेम शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय