अटो दुर्घटना हुँदा ५ जना घाइते

काठमाडौं। रामेछापमा अटो दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।

आज बिहान खाडाँदेवी गाउँपालिका ३, भिरपानी मा पकरवासबाट सिन्धुलीतर्फ जाँदै गरेको ज १ ह ५०६९ नम्बरको अटो आँफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक ४३ वर्षीय कुमार तामाङ र ७० वर्षीय पदमबहादुर तामाङको अवस्था गम्भीर छ।

६५ वर्षीय रामबहादुर तामाङ, ३२ वर्षीया सम्झना तामाङ र १२ वर्षीया सुस्मा तामाङ पनि घाइते छन्। घाइते ५ जनालाई उद्दार गरी घुलिखेल अस्पताल पठाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय