राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ अहिलेसम्म कति पायो मत ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ आज बेलुकी पौने ७ बजेसम्म १० लाखभन्दा बढी मत ल्याएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ गणनाभएको ८९ लाख ६२ हजार ५ सय ८६ मतगणनामा रास्वपाले १० लाख ११ हजार ३७५ मत प्राप्त गरेको हो । जारी मतगणनामा नेकपा (एमाले) २४ लाख ४९ हजार २१४ मत प्राप्त गरी पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २३ लाख ३२ हजार २८३ मत प्राप्त गरेको छ ।

माओवादी केन्द्र १० लाख २४ हजार ८५० मतसहित तेस्रो स्थानमा छ ।

पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ३१ हजार ५४४, छैटौं स्थानमा रहेको जनता समाजवादी पार्टीले ३ लाख ३ हजार ९७६ र सातौँ स्थानमा रहेको नेकपा ९एकीकृत समाजवादी०ले २ लाख ४० हजार ९१ मत प्राप्त गरेको छ ।

यस्तै जनमत पार्टीले २ लाख ३७ हजार ६१७, नागरिक उन्मुक्ति पार्टीले २ लाख २९ हजार ९७५, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख २२ हजार ९७५, नेपाल मजदुर किसान पार्टीले ७२ हजार २९८, हाम्रो नेपाली पार्टीले ५१ हजार ९९४, मंगोल नेशनल अर्गनाइजेशनले ४४ हजार ५०१ र राष्ट्रिय जनमोर्चाले ४४ हजार ४२१ मत प्राप्त गरेको छ ।
a
समानुपातिक निर्वाचन प्रणालीमा सहभागी भएका कूल ४७ राजनीतिक दलमध्ये अन्तिम स्थानमा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार ५८३ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय