रोमाञ्चक बन्दै नेम्वाङ र खड्का बीचको प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

इलाम – राष्ट्रिय चासोको विषयमा रहेको इलाम क्षेत्र नं. २ को मतगणना अन्तिम चरणमा पुग्दा प्रतिस्पर्धा रोचक बन्दै गएको छ ।

गणनाको सुरुआतमा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले अग्रता लिएता पनि त्यसपछि निरन्तर एमालेका सुवासचन्द्र नेम्वाङले अग्रता कायम राखेका छन् । तर पछिल्लो समय कांग्रेसका खड्काले अग्रता न्यून बनाएका हुन् । पछिल्लो परिणामअनुसार नेम्वाङसँग उनको फरक मत १ सय ३४ मात्र छ ।

नेम्वाङले २७ हजार ८ सय १९ मत पाउँदा खड्काले २७ हजार ६ सय ८५ मत ल्याएका छन् । कूल ६९ हजार ८५ मत खसेकोमा हालसम्म ६४ हजार २ सय २४ मत गणना भइसकेको छ ।

इलाम नगरपालिका गणना सुरु हुनुअघि नेम्वाङ करिव १९ सय मतले अघि थिए ।

अहिले इलाम नगरपालिका ३ नम्बर वडाको गणना भइरहेको छ । चुलाचुली, माङसेवुङ र फाकफोकथुमसहित इलाम नगरपालिकाको १० नम्बर वडाबाहेक, देउमाई नगरपालिका तथा माई नगरपालिकाको ६, ७ र ८ नम्बर वडा इलाम २ मा रहेका छन् । गणना गर्न इलाम नगरपालिकाको २ र १ वडामात्र बाँकी छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर