५० लाख समानुपातिक मत गणना गर्दा नेकपा एसको यस्तो हरिबिजोक हेर्दा राष्ट्रिय पार्टी नहुने सम्भावना उच्च

काठमाडौं- -प्रतिनिधि सभाको समानुपातिक तर्फको मत गणना पनि जारी छ। शुक्रबार बेलुकासम्म झन्डै ४८ लाख मत गणना भइसक्दा एमालेले सर्वाधिक धेरै मत पाउने पार्टी बनेको छ।

४७ लाख ८७ हजार ९३६ मत गणना गर्दा एमालेले १३ लाख ५ हजार ६१५ मत पाइसकेको छ। अहिलेसम्म गणना भएको मतको आधारमा एमालेले पाएको मत २७. २६ प्रतिशत हो। दोस्रोमा कांग्रेस छ। उसले १२ लाख ३३ हजार ६७२ मत पाइसकेको छ। उसले पाएको मत २५. ७६ प्रतिशत हो। अहिलेसम्म तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ६ लाख ३ हजार ६८९ मत पाएको छ।

जुन गणना भएको मतको १२. ६ प्रतिशत हो। चौथो स्थानमा रहेको माओवादी केन्द्रले ५ लाख ६० हजार ५७९ मत पाएको छ। गणना भएको मतको आधारमा उसले पाएको मत ११. ७ प्रतिशत हो।

अहिलेसम्मको गणनामा तीन प्रतिशत मत कटाउने अन्य दुई दल पनि छन्- राष्ट्रिय जनता पार्टी र जनता समाजवादी पार्टी। उनीहरुले क्रमशः ६.५३ प्रतिशत र ३. १८ प्रतिशत मत पाएका छन्।

प्रत्यक्षतर्फ १० सिट जितिसकेको नेकपा एकीकृत समाजवादीले समानुपातिकतर्फ १ लाख २ हजार ९६५ मत पाएको छ। उसले पाएको मत २.१५ प्रतिशत हो। त्यस्तै, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, नेमकिपा र लोसपाले १ प्रतिशतभन्दा केही बढी मत पाएका छन्।

मतगणनाको ट्रेन्ड हेर्दा जसपाले समानुपातिक सिट बाँडफाँटका लागि आवश्यक ३ प्रतिशत थ्रेसहोल्ड कटाउने देखिन्छ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउने दलहरूले प्राप्त गरेको मतका आधारमा ११० सिट बाँडफाँट हुनेछ। मतपरिणामको जारी ट्रेन्ड कायम रहे एमालेले ३५, कांग्रेसले ३४, स्वतन्त्र पार्टीले १७, माओवादी केन्द्रले १६, राप्रपाले ९ र जसपाले ४ सिट प्राप्त गर्ने देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय