एमालेलाई लाग्यो ठुलो झड्का, ओलीका दाहिने हात शंकर पोखरेल पनि पराजित

काठमाडौं- केपी ओलीका विश्वास पात्र र एमालेको आगामी अध्यक्ष मानिएका महासचिव शंकर पोखरेल पराजित भएका छन् ।

उनलाई दाङ २ बाट माओवादी केन्द्रकी रेखा शर्माले पराजित गरेकी हुन् । एमाले जस्तो बलियो पार्टीका महासचिव पोखरेललाई पराजित गरेसँगै रेखाको चर्चा एकाएक चुलिएको छ । माओवादीले सो क्षेत्रबाट कृष्णबहादुर महराको टिकट रेखालाई दिएको थियो ।

महरा उठेको भए शंकरले आरामले जित्थे । तर रेखा शर्माले ओलीको विश्वासपात्रलाई नै हराएर इतिहास राखेकी छन् ।

दाङ २ मा सत्तागठबन्धनका सबै उम्मेदवार विजयी हुने भएका छन् । दाङ १ बाट मेटमणि चौधरी र २ बाट रेखा शर्मा विजयी भइसकेका छन् । ३ बाट कांग्रेसका दीपक गिरी धेरै मतले अघि छन् ।

उनले एमालेकी कोमल वलीलाई पछाडि पारेका हुन् । ओलीका विश्वासपात्र महेश बस्नेत, अग्नि खरेल, राजन भट्टराई र ईश्वर पोखरेल पराजित भइसकेका छन् । – मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय