कांग्रेसका दुवै महामन्त्रीले जिते, एमाले र माओवादीका दुवै महामन्त्री पराजित

काठमाडौं- एमाले अध्यक्ष केपी ओलीका मुख्य हर्ताकर्ता शंकर पोखरेल हारको डिलमा पुगेका छन् ।

केही मत मात्र गन्न बाँकी छँदा उनी माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माभन्दा तीन सय मतले पछाडि छन् । माओवादी एरियाको मत गन्न बाँकी रहेकाले पोखरेल हार्ने सम्भावना प्रबल छ । उनी एमालेका महासचिव पनि हुन् । एमालेमा ओलीपछि पोखरेललाई नै भावी नेतृत्व मानिएको थियो । यदि उनी पराजित भएमा विष्णु पौडेललाई फाइदा हुने देखिएको छ ।

उता जनार्दन शर्मा र वर्षमान पुनलाई पाखा लगाएर माओवादीको महासचिव बनेका देव गुरुङ पनि पराजित भएका छन् । उनलाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पराजित गरेका हुन् । गुरुङको माओवादीमा उदयलाई त्यति मन पराइएको थिएन । दुवै ठूला कम्युनिस्टका महासचिव संसदमा नरहने अवस्था आउँदा नेपाली कांग्रेसका दुवै महामन्त्री सानदार मतका साथ संसद् प्रवेश गरेका छन् ।

कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा प्रतिस्पर्धी एमाले उम्मेदवारलाई भारी मतान्तरले हराउँदै सांसद निर्वाचित बनेका हुन् । थापाले एमालेका राजन भट्टराई र शर्माले एमालेकै अग्नि खरेललाई सानदार ढंगले पराजित गरेका हुन् ।

खरेल र भट्टराई दुवै केपी ओलीका राइट ह्या्न्ड मानिन्छन् । पोखरेल, खरेल र भट्टराईको अनुपस्थितिमा अब ओलीलाई सल्लाह दिने भनेको विष्णु रिमाल मात्र हुन् । हुन त गोकुल बासकोटाको जित्ने चान्स अझै बाँकी छ । तर उनले जितिहाल्छन् भन्ने अवस्था छैन । तर, कम्युनिस्ट पार्टीको शक्तिशाली पद मानिने महासचिव पदकै नेता हार्नुलाई सामान्य मानिन्न ।

कांग्रेसमा सभापतिपछि महामन्त्री शक्तिशाली पद हो । दुवै महामन्त्री संसदमा आउने भएपछि देशकै माहोल फेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय