इलाम १ मा ३७ घण्टादेखि मतगणना स्थगित

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ इलाम क्षेत्र नम्बर १ मा ३७ घण्टादेखि मतगणना स्थगित भएको छ ।

बुधबार बिहान १ बजेदेखि स्थगित भएको मतगणना अहिलेसम्म सुरु भएको छैन । त्यहाँ खसेको मतभन्दा कम मतपत्र भेटिएपछि विवाद आएको थियो ।उक्त विवादपछि मतगणना स्थगित भएको हो । त्यहाँ अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ । त्यसलगत्तै मतगणना सुरु हुने आयोगले जनाएको छ ।

यो पनि पढ्नुहोस् – काठमाडौं । प्रतिनिधि सभा सदस्यका उम्मेदवार रन्जु न्यौपाने (दर्शना)को जमानत जफत भएको छ ।

विवेकशील साझा पार्टीबाट सक्रिय रुपमा राजनीतिमा होमिएकी रन्जुले यसपटक काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । तर, कुल खसेको सदर मतको जम्मा १.४ प्रतिशत मत मात्रै प्राप्त गर्न सकिन् । यस क्षेत्रको सदर मत ४४ हजार २४९ छ । यसमा रन्जुले ६०० मत प्राप्त गरेकी हुन् ।

उनी २०७४ को स्थानीय निर्वाचनबाट चर्चामा आएकी हुन् । उक्त निर्वाचनमा उनले विवेकशील साझा पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी थिइन् । त्यसबेला उनले २३ हजार ४३९ मत ल्याएकी थिइन् ।

यसपटक प्रतिनिधि सभा सदस्यमा उठ्दा निकै कम मत प्राप्त गरेकी हुन् । निर्वाचनमा भएको मतदानमा खसेको कुल सदर मतको १० प्रतिशत नपुग्ने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ ।

कानुन अनुसार प्रतिनिधि सभातर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा धरौटीबापत रकम १० हजार जम्मा गर्नुपर्ने हुन्छ । कुल सदर मतको १० प्रतिशत नपुग्ने उम्मेदवारको धरौटीबापत रकम फिर्ता हुँदैन ।

यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कांग्रेसका प्रदीप पौडेलले ३४.४ अर्थात, १५ हजार २५७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय