चितवन-२ मा भारी मतान्तरले रवि लामिछाने विजयी

चितवन । काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् ।

लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याए । श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।

यो पनि पढ्नुहोस् – दाङ । दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन् । उनले नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई करिब २ सय मतअन्तरले पराजित गरेकी हुन् ।

औपचारिक रुपमा मत परिणाम सार्वजनिक हुन भने बाँकी छ । निर्वाचनमा रेखाको यो पहिलो प्रत्यक्ष प्रतिस्पर्धा हो ।

त्यस्तै गरि मकवानपुर क्षेत्र नम्बर १ मा सुरुदेखि तेश्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक सिंहले अग्रता लिएका छन् । उनले १८ मतको अग्रता बनाएका हुन् ।

 

पछिल्लो विवरण अनुसार उनले २३ हजार ३५८ मत पाएका छन् ।

सुरुदेखि नै अग्रता लिएकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले २३ हजार ३४० मत पाएकी छिन् ।

नेकपा एमालेको चुनाव चिह्न सूर्यबाट उठेका राप्रपा नेपालका कमल थापाले भने २२ हजार ६५८ मत पाएका छन् ।

अब मकवानपुर उपमहानगरपालिकाको वडा नम्बर ९ र १० को मत गन्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय