यस्तो छ गोरखा-२ को मत गणना अपडेट

गोरखा । गोरखा क्षेत्र नम्वर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जित निश्चित भएको छ । २१ हजार ७५ मत ल्याएर अग्रस्थानमा रहेका प्रचण्डले निकटतम प्रतिस्पर्धीलाई १२ हजार ६ सय १२ मतले पछि पारेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ८ हजार ४६३ मत पाएका छन् । गोरखा-२ मा अब १२ हजार ५७१ मत गणना हुन बाँकी छ । नेकपा एमालेका उम्मेदवार अब्दुस मियाले ५ हजार ६३७ मत ल्याएका छन् । उनी सुरुदेखि नै तेस्रो स्थानमा रहेका छन् ।

यो निर्वाचन क्षेत्रमा ५३ हजार ९७८ मत खसेको छ
यो पनि पढ्नुहोस् – काठमाडौं ।ओखलढुंगामा प्रतिनिधिसभातर्फ वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामहरि खतिवडा निर्वाचित हुनु भएको छ ।

खतिवडाले ३३ हजार ५ हय ५६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका यज्ञराज सुनुवारले २६ हजार ७ सय ३८ मत प्राप्त गर्नुभयो । यसअघि ०७४ को निर्वाचनमा खतिवडालाई अहिले पराजित बनेका सुनुवारबाटै पराजित हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय