बाग्लुङ क्षेत्र नम्बर १ को अन्तिम मतपरिणाम

काठमाडौं । बाग्लुङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार समेत रहेका केसीले २१ हजार ४५१ मत ल्याएर विजयी भएका छन् भने एमालेका सूर्यप्रसाद पाठक १८ हजार ८२५ मत ल्याएर पराजित भएका हुन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १८१ मत ल्याएर तेस्रो भएका छन् । यस्तै प्रदेश सभा १ बाट दीपेन्द्रबहादुर थापा २ बाट डिल्लीराम सुवेदी निर्वाचित भएका छन् ।

यो पनि पढ्नुहोस् – काठमाडौं ।ओखलढुंगामा प्रतिनिधिसभातर्फ वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामहरि खतिवडा निर्वाचित हुनु भएको छ । खतिवडाले ३३ हजार ५ हय ५६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका यज्ञराज सुनुवारले २६ हजार ७ सय ३८ मत प्राप्त गर्नुभयो ।

यसअघि ०७४ को निर्वाचनमा खतिवडालाई अहिले पराजित बनेका सुनुवारबाटै पराजित हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय