डडेलधुराको अन्तिम मत परिणाम

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बुधबार बिहान सम्पन्न मत गणनामा प्रधानमन्त्री देउवा २५ हजार ५३४ मत ल्याई विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार सागर ढकाललाई १२ हजार ४९२ मतान्तरले पराजित गरेका हुन् । पराजित सागर ढकालले १३ हजार ४२ मत ल्याएका छन् ।

देउवा २०४८ को संसदीय निर्वाचन, मध्यावधिनिर्वाचन २०५१ र प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६ मा डडेलधुराबाट निर्वाचित भएका थिए । संविधानसभा सदस्य निर्वाचन २०६४ र २०७० मा पनि डडेल्धुराबाट नै निर्वाचित भएका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा पनि डडेलधुराबाट उनी भारी मतका साथ निर्वाचित भएका थिए ।

यो पनि पढ्नुहोस् – काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ १० हजार १०५ मतसहित विजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत पाएका छन् । एकीकृत समाजवादीका नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयउन मन्त्री जीवनराम श्रेष्ठले ४ हजार ८७७ मत पाएका छन् । त्यसैगरी काठमाडौं ८ को प्रदेशसभा ‘ख’ मा राप्रपाका उद्धव थापा विजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय