अबिरल बिष्णु । गुल्मिको रिडि देखि लुम्पेकको लागि हिडेको लु २ च ५३४० नम्बरको जीप कुडडाडामा दुर्घटना भएको छ ।
दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छ्न । दुर्घटनामा परि मृत्यु हुनेमा गाडि धनी झलक मान सुमै , झलककी श्रीमती जमुना सुमै , मिलन तरामु, रन ब सिन्जापति, टीका राहादी रहेका छ्न ।
घाइते हुनेमा चालक तार्विलिङ सुमै, खन्डन सुमै , चेतमान सिन्जापती, गिरि ब राहादी रहेका छन ।
करिब ३ बजे राती भएको दुर्घटना निद्राका कारण भएको हुन सक्ने अनुमान गरिएको छ । गाडी सडक देखि करिब २५० मिटर तल खसेको छ ।

घाइतेहरुलाई उपचारको लागि पाल्पा मिसनमा पठाइएको छ । घटनाले सत्यवतीलाई स्तब्ध बनाएको छ ।