काठमाडौं । झापा क्षेत्र नं– १ मा ३४ हजार चार सय २९ मत गणना जारी छ ।
पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले नेकपा (एमाले)का उम्मेदवार अग्नि खरेललाई ६ हजार पाँच सय ७३ मतले पछि पारेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री समेत रहेका शर्माले १७ हजार दुई सय ९८ मत प्राप्त गर्दा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका खरेलले १० हजार सात सय १६ मत प्राप्त गरे । यो निर्वाचन क्षेत्रमा ८७ हजार तीन सय ९६ मत खसेको छ ।
यो पनि पढ्नुहोस् – काठमाडौं । चितवन २ मा रवि लामिछानेले एकाएक अग्रता लिएका छन् । केहिबेर अगाडीसम्म तेश्रो स्थानमा रहेका लामिछाने अहिले पहिलो स्थानमा उक्लिएका हुन् ।

इच्छाकामना गाँउपालिकाको मत गणनाको क्रममा लामिछाने तेश्रो स्थानमा रहेका थिए भने एमालेका कृष्णभक्त पोखरेल पहिलो स्थानमा रहेका थिए । इच्छाकामना गाँउपालिका पछि कालिका नगरपालिकाको मत गणना सुरु भएपछि लामिछानेले एकाएक अग्रता लिएका हुन ।
अहिले लामिछाने ४ हजार ४ सय १४ मतका साथ पहिलो स्थानमा रहेका छन् भने यसअघि पहिलो स्थानमा रहेका एमालेका पोखरेल अहिले ३ हजार ८ सय ७८ मतका साथ दोश्रो स्थानमा छन् ।
यस्तै यसअघि दोश्रो स्थानमा रहेका गठबन्धनका उमेद्वार उमेश श्रेष्ठ ३ हजार ५ सय ६० को मतका साथ तेश्रो स्थानमा छन् । अहिले कालिका नगरपालिकाको मत गणना जारी छ । यसपछि भरतपुर क्षेत्रको मतगणना लामिछानेको पक्षमा मत बढी आउने आकंलन छ ।