बढ्यो रविको अग्रता, सबैलाई पछि पार्दै उक्लिए पहिलो स्थानमा

काठमाडौं । चितवन २ मा रवि लामिछानेले एकाएक अग्रता लिएका छन् । केहिबेर अगाडीसम्म तेश्रो स्थानमा रहेका लामिछाने अहिले पहिलो स्थानमा उक्लिएका हुन् ।

इच्छाकामना गाँउपालिकाको मत गणनाको क्रममा लामिछाने तेश्रो स्थानमा रहेका थिए भने एमालेका कृष्णभक्त पोखरेल पहिलो स्थानमा रहेका थिए । इच्छाकामना गाँउपालिका पछि कालिका नगरपालिकाको मत गणना सुरु भएपछि लामिछानेले एकाएक अग्रता लिएका हुन ।

अहिले लामिछाने ४ हजार ४ सय १४ मतका साथ पहिलो स्थानमा रहेका छन् भने यसअघि पहिलो स्थानमा रहेका एमालेका पोखरेल अहिले ३ हजार ८ सय ७८ मतका साथ दोश्रो स्थानमा छन् ।

यस्तै यसअघि दोश्रो स्थानमा रहेका गठबन्धनका उमेद्वार उमेश श्रेष्ठ ३ हजार ५ सय ६० को मतका साथ तेश्रो स्थानमा छन् । अहिले कालिका नगरपालिकाको मत गणना जारी छ । यसपछि भरतपुर क्षेत्रको मतगणना लामिछानेको पक्षमा मत बढी आउने आकंलन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय