डडेलधुरा । डडेल्धुरामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धामा उत्रिएका सागर ढकाल ४ हजारभन्दा बढी मत अन्तरले पछि परेका छन् ।
प्रतिनिधि सभातर्फ १९ हजार ५९६ मत गणना हुँदा प्रधानमन्त्री देउवाले ९ हजार ७७३ र ढकालले ५ हजार १९३ मत पाएका छन् । देउवा र ढकालबीचको मत अन्तर ४ हजार ५८० छ ।
कपा एमालेको समर्थन पाएका नेपाली कांग्रेस (बीपी)का उम्मेदवार कर्णबहादुर मल्लले २ हजार ६९४ मत पाएका छन् ।
यो पनि पढ्नुहोस् – काठमाडौं । समानुपातिक तर्फ नेकपा एमालेको अग्रता कायम छ । सोमबार दिउँसो १ बजेसम्म अढाइ लाख गणना हुँदा एमालेले ८४ हजार ८ सय मत सहित अगाडि छ ।
एमाले भन्दा कांग्रेस १३ हजार भन्दा बढीले पछाडि छ । कांग्रेसले ७१ हजार पाँच सय मत पाएको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ । घण्टी चिह्नतर्फ समानुपातिकमा ३६ हजार ल्याएको छ ।
चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ३२ हजार ल्याएको छ । समानुपातिकतर्फ राप्रपाले उत्साहजनक मत पाइरहेको छ । अहिलेसम्म राप्रपाले २० हजार मत ल्याएको छ ।
३ हजार ७७६ मत ल्याएको एकीकृत समाजवादी भन्दा जनमत पार्टी, नेमकिपा र नागरिक उन्मुक्ति पार्टीले बढी मत ल्याएको छ ।