रुपन्देही–३ को पछिल्लो मतगणना अपडेट

रुपन्देही । रुपन्देही–३ मा गृहमन्त्री बालकृष्ण खाँण पछि परेका छन् ।

मंगलबार विहानसम्मको मतगणनामा राप्रपाका दीपक बोहराले चार हजार १७० मतसहित अग्रता लिएका छन् । उनलाई नेकपा एमालेले समर्थन गरेको छ ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रहेका गृहमन्त्री खाँणले तीन हजार ९१९ मत पाएका छन् । गृहमन्त्री खाँणलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित सत्ता गठबन्धनमा रहेका दलको समर्थन छ ।

यो पनि पढ्नुहोस् – काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेशसभा (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी हुनुभएको छ ।

५ हजार ४ सय ६२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका राजेश शाक्यले ३ हजार ८सय ११ मत ल्याउनुभयो ।

नेपाली कांग्रेसका राजुराज जोशीले ३ हजार ६ सय ७० मत ल्याएर तेश्रो बन्नुभयो । त्यस्तै गरि प्रतिनिधिसभा सदस्यतर्फ चितवन निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल २ हजार ९१९ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

अहिलेसम्म ८ हजार २८४ मतगणना गर्दा पोखरेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले २ हजार ४९४ मत ल्याएर पछ्याइरहनुभएको छ ।
यस्तै, तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले २ हजार ३४० मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय