काठमाडौं ४ अन्तिम मत परिणाम

काठमाडौं–काठमाडौं ४ मा नेपाली कांग्रेसका नेता गगन थापा विजयी हुनुभएको छ ।

नेपाली कांग्रेसका महामन्त्री समेत रहनुभएका थापाले नेकपा एमालेका राजन भट्टराईलाई ७ हजार ४ सय ५६ फराकिलो मतान्तरले जित हासिल गर्नुभएको हो । थापाले २१ हजार ३ सय २ मत ल्याउदा प्रतिष्पर्धी भट्टराईले १३ हजार ८ सय ३७ मत पाउनुभएको छ ।

महामन्त्री थापाले सुरुदेखि नै अग्रता कायम गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस् – काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ चितवन निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल २ हजार ९१९ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

अहिलेसम्म ८ हजार २८४ मतगणना गर्दा पोखरेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले २ हजार ४९४ मत ल्याएर पछ्याइरहनुभएको छ ।

यस्तै, तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले २ हजार ३४० मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय