काठमाडौं।काठमाडौं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको जित सुनिश्चित भएको छ।
प्रतिष्पर्धी नेकपा एमालेका राजन भट्टराईसँगको मतान्तर गणना हुन बाँकी रहेका मत भन्दा बढी भएपछि थापाको जित सुनिश्चीत भएको हो । भन्दा प्रतिष्पर्धी राजन भट्टराईसँग उहाँको मतान्तर बढी भएको छ।
थापाले १९ हजार १४ मत ल्याउदा प्रतिष्पर्धी भट्टराईले १३ हजार २३ मत पाउनु भएको छ । दुवैबीचको मतान्तर ५ हजार ९ सय ९१ पुगेको छ।
अब काठमाडौं महानगरपालिका ३० नम्बर वडाको मात्रै मतगणना बाँकी छ। त्यो वडामा जम्मा ४ हजार ८ सय ८१ मत खसेको छ।

यो कांग्रेसको पकड रहेको वडा हो। स्थानीय निर्वाचनमा कांग्रेसले जितेको छ।