चितवन-१ मा अघिअघि घण्टी, पछिपछि कांग्रेस, कसको कति मत ?

चितवन । चितवन क्षेत्र नम्बर-१ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पछाडी पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार हरि ढकालले अग्रता कायम राखेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका ढकालले ६ हजार ६७ मत ल्याएका छन् भने कांग्रेसका विश्वनाथ पौडेलले ५ हजार ८० मत पाएका छन् ।

यस्तै नेकपा एमालेका सुरेन्द्र पाण्डेले ४ हजार ५२३ मत ल्याएका छन् । यसअघि २०७४ सालको निर्वाचनमा चितवन-१ बाट एमालेका पाण्डे निर्वाचित भएका थिए ।यो पनि पढ्नुहोस् – काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ चितवन निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल २ हजार ९१९ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

अहिलेसम्म ८ हजार २८४ मतगणना गर्दा पोखरेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले २ हजार ४९४ मत ल्याएर पछ्याइरहनुभएको छ ।

यस्तै, तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले २ हजार ३४० मत प्राप्त गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय