प्रचण्ड उम्मेदवार रहेको ठाँउ गोरखा–२ को मत गणना अपडेट

काठमाडौं । गोरखा–२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतान्तर बढाउनुभएको छ।

८ हजार ५४० मत गणना हुँदा प्रचण्डले ४ हजार ८३२ मत पाउनुभएको छ भने दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले एक हजार ४२४ मत पाउनुभएको छ । प्रचण्ड र बुर्लाकोटीबीचको मतान्तर तीन हजार ४०८ रहेको छ ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका अब्दुस मियाले ११७६ मत पाउनुभएको छ । यो क्षेत्रबाट २०७४ सालमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई निर्वाचित हुनुभएको थियो ।

यो पनि पढ्नुहोस् – काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ चितवन निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल २ हजार ९१९ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

अहिलेसम्म ८ हजार २८४ मतगणना गर्दा पोखरेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले २ हजार ४९४ मत ल्याएर पछ्याइरहनुभएको छ ।

यस्तै, तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले २ हजार ३४० मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय