चितवन–२ को पछिल्लो मतगणना अपडेट

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ चितवन निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल २ हजार ९१९ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

अहिलेसम्म ८ हजार २८४ मतगणना गर्दा पोखरेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले २ हजार ४९४ मत ल्याएर पछ्याइरहनुभएको छ ।

यस्तै, तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले २ हजार ३४० मत प्राप्त गर्नुभएको छ ।

यो पनि पढ्नुहोस् – काठमाडौं । बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणाले जनता समाजवादी पार्टीका मोहम्मद ईश्तियाक राईसँग फराकिलो अग्रता बनाइरहेका छन् ।

राणा १३ हजार ३५१ मतसहित अग्रस्थानमा रहँदा जसपाका राईले ८ हजार ५३९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका सुदीप नरसिंह राणाले १ हजार ७५१ मत प्राप्त गरेका छन् ।

 

धवलशमशेर एमाले गठबन्धनका र सुदीप सत्ता गठबन्धनका उम्मेदवार हुन् । गठबन्धनका दुई राणाले साँघुरो पारिदिएको चुनावी मैदानमा जसपाका राईलाई जित जोगाउन मुस्किल हुने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय