काठमाडौं-९ को अन्तिम मत परिणाम

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ जित नजिक रहेका छन् । श्रेष्ठले १० हजार २० मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ८ हजार ७२५ मत ल्याएका छन् ।

सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमला ५ हजार २७९ मतसहित तेस्रो स्थानमा छिन् । राप्रपाका देवेन्द्र प्रधान ३ हजार ५६१ मतसहित चौथो स्थानमा छन् भने साझा पार्टीका मिलन पाण्डे १ हजार ८५० मतसहित पाँचौं स्थानमा छन् ।

यो पनि पढ्नुहोस् – काठमाडौं । बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणाले जनता समाजवादी पार्टीका मोहम्मद ईश्तियाक राईसँग फराकिलो अग्रता बनाइरहेका छन् ।

राणा १३ हजार ३५१ मतसहित अग्रस्थानमा रहँदा जसपाका राईले ८ हजार ५३९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका सुदीप नरसिंह राणाले १ हजार ७५१ मत प्राप्त गरेका छन् ।

धवलशमशेर एमाले गठबन्धनका र सुदीप सत्ता गठबन्धनका उम्मेदवार हुन् । गठबन्धनका दुई राणाले साँघुरो पारिदिएको चुनावी मैदानमा जसपाका राईलाई जित जोगाउन मुस्किल हुने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय