रुपन्देही अपडेटः पाँच क्षेत्रमा अलग अलग पार्टीको अग्रता

रुपन्देही । ५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा पाँच अलग अलग पार्टीका उम्मेदारहरुले अग्रता लिएका छन् ।

क्षेत्र नं १ मा एमालेका उम्मेदार छविलाल विश्वकर्माले १७३८ मतका साथ अगाडि छन् भने नागरिक उन्मुक्तिका लालबिर चौधरीले १५९७ मतका साथ पछ्याईरहेका छन् । सत्तागठबन्धनका उम्मेदवार घनश्याम भुसालले १४०४ मत ल्याएर तेस्रो स्थानमा छन् ।

रुपन्देही २ मा सुरुवातदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार २२४४ मतका साथ उनले अग्रता लिएका छन् भने १९४४ मतका साथ एमाले उपाध्यक्ष विष्णु पौडेलले पछ्याईरहेको अवस्था छ भने तेस्रो स्थानमा सत्तारुढ गठबन्धनको समर्थमा जनमुक्तिका केशव थापाले १४६१ मत ल्याएका छन् ।

क्षेत्र नं ३ मा नेपाली कांग्रेसका बालकृष्ण खाणले अग्रता कायम राखेका छन् । उनले १९४१ मतका साथ अग्रता कायम राखेका छन् भने एमालेको समर्थनमा उम्मेदवार रहेका राप्रपाका दिपक बोहोराले १४३६ मत ल्याएका छन् ।

क्षेत्र नं ४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्लाले निरन्तर अग्रता लिएका छन् । ३९९४ मतका साथ अग्रता लिएका शुक्लालाई नेपाली कांग्रेसका प्रमोद यादवले २७६१ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् भने जनमतका भोपेन्द्र यादवले २११४ मत ल्याएर तेस्रो स्थानमा छन् ।

क्षेत्र नं ५ मा नेपाली कांग्रेसका भरत शाहले अग्रता कायम राखेका छन् । ३२७९ मतका समथ अग्रता लिएका शाहलाई ३१२७ मतका साथ एमालेका बासुदेव घिमिरेले पछ्याईरहेका छन् । सबै क्षेत्रमा अगल अगल मतगणना भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय