यस्तो झापा ५ को पछिल्लो मत परिणाम

दमक । झापा क्षेत्र नं. ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साढे ३ हजार मतले अग्रता कायम गरेका छन् ।

मंगलबार बिहान साढे ६ बजे निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको परिणाम अनुसार ओलीले ८ हजार ९७८ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र पाण्डब अधिकारीले ५ हजार ४४८ मत ल्याएर पछ्याइरहेका छन् ।

जनता समाजवादी पार्टीकी ओममाया आङ्देम्बेले ८७ र जनमत पार्टीका ८६८ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेशकुमार पोखरेलले १ हजार ४८६ मत ल्याएका छन् ।

यो पनि पढ्नुहोस् – चितवन । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रो स्थानमा पुगेका छन् ।

७ हजार ७४५ मत गणना हुँदा नेकपा एमालेका कृष्णभक्त पोखरेलले २ हजार ६०३ मत पाएका छन् भने रवि लामिछानेले २ हजार ३८४ मत पाएका छन् ।

तेस्रो स्थानमा झरेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले २ हजार २६३ मत पाएका छन् । ग्रामीण क्षेत्रमा पर्ने इच्छाकामना गाउँपालिकाबाट मतगणना सुरु हुँदा रवि तेस्रो स्थानमा थिए ।

शहरी क्षेत्रको मत गणना हुन थालेपछि रविले मत बढाउँदै लगेका छन् । यो क्षेत्रबाट यसअघि एमालेका कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय