चितवन–२ को पछिल्लो मत परिणाम

चितवन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तीन गुणा मतले पछि परेका छन् ।

कूल २ हजार ८८५ मत गणना हुँदा एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिँदै १ हजार ३०६ मत पाएका छन् । दोश्रोमा कांग्रेसका उमेश श्रेष्ठले ९५२ मत पाएका छन् । यस्तै लामिछानेले ४३९ मत पाएका छन् ।

यो पनि पढ्नुहोस् – प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन २०७९ अन्तर्गत रुपन्देही क्षेत्र नं. ४ को मतगणना जारी रहेको छ । रुपन्देहीको कोटहीमाइ गाउँपालिकाको भवनमा जारी मत मतगणनामा ४८४३ मत गन्दा प्रतिनिधि सभातर्फ लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार सर्वन्द्रनाथ शुक्लाले अग्रता लिएका छन् ।

उनले १८८३ मत प्राप्त गरेका छन् भने सत्तारुढ गठबन्धनबाट कांग्रेसका प्रमोद यादवले १३४० मत पाएका छन् । त्यस्तै जनमत पार्टीका भुपेन्द्रपसाद यादवले १०३३ र जनता समाज पार्टीका ओमप्रकाश यादवले ७४ मत प्राप्त गरेको निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यले जानकारी दिए ।

सामान्य विवादका कारण दिउँसो केहीबेर यहाँ मतगणना रोकिएको थियो । अहिले मतगणना जारी छ । यस क्षेत्रमा ७७ हजार ६४ मत खसेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय