यस्तो छ समानुपातिकतर्फको मत परिणाम

काठमाडौं । प्रतिनिधिसभाको समानुतर्फको मतगणनाको परिणाम पनि आउन थालेको छ।

निर्वाचन आयोगका अनुसार पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेस ४ हजार २६७ मतसहित पहिलो स्थानमा छ । यस्तै एमाले ३ हजार ५६९ मतसहित दोस्रो र घण्टी चुनाव चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टी २१३५ मतसहित तेस्रो स्थानमा छ ।

यस्तै माओवादीले १५०९ मत, राप्रपाले १०४४ मत, जनमत पार्टीले ५३९, जसपाले ५०९, नेमकिपाले ३२४, हाम्रो नेपाली पार्टीले १२० र नेकपा एकीकृत समाजवादी पार्टीले ९७ मत पाएको छ । यस्तै अन्य पार्टीले ४५३ मत पाएका छन् ।

यस्तै प्रदेशतर्फ पनि समानुपातिकका मत गन्न थालिएको छ। जसमा २ प्रदेशमा एमाले, एक प्रदेशमा कांग्रेस र एकमा जनमत अघि देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय