चितवन ३ को पछिल्लो मत परिणाम

चितवन । चितवन क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले सुरुवाती अग्रता लिएका छन् ।

नेपाली कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका कोइरालाले २९६ मतका साथ अग्रता लिएका हुन् । दोस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रम पाण्डे छन् । उनले २६५ मत ल्याएका छन् ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी तेस्रो स्थानमा छन् । उनले २५६ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले २४६ मत ल्याएकी छन् ।

यो पनि पढ्नुहोस् – काठमाडौं । हिजो मतदान रोकिएको गुल्मीको अर्बेनिमा भोली मतदान हुने भएको छ । गुल्मीको क्षेत्र नं १ नम्बरको कालिगण्डकी गाउँपालिकामा पर्ने अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा भोली पुनः मतदान हुने भएको हो ।

हिजो मतदान चलिरहेको अबस्थामा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र वितरण भएपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो ।

मतदान केन्द्रमा रहेका १ हजार ३६९ जना मतदाता मध्ये ६६४ जनाले मतदान गरिसकेपछि मतदान स्थगित भएको थियो । स्थगित भएको मतदान केन्द्र बाहेकका जिल्लाका अन्य मतदान केन्द्रको मतपेटिका ल्याइएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले जानकारी दिनु भएको छ । ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय