हिजो स्थगित गुल्मीको अर्बेनीमा भोली पुनः मतदान हुने

काठमाडौं । हिजो मतदान रोकिएको गुल्मीको अर्बेनिमा भोली मतदान हुने भएको छ ।

गुल्मीको क्षेत्र नं १ नम्बरको कालिगण्डकी गाउँपालिकामा पर्ने अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा भोली पुनः मतदान हुने भएको हो ।

हिजो मतदान चलिरहेको अबस्थामा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र वितरण भएपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो ।

मतदान केन्द्रमा रहेका १ हजार ३६९ जना मतदाता मध्ये ६६४ जनाले मतदान गरिसकेपछि मतदान स्थगित भएको थियो ।

स्थगित भएको मतदान केन्द्र बाहेकका जिल्लाका अन्य मतदान केन्द्रको मतपेटिका ल्याइएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले जानकारी दिनु भएको छ । ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय