शंकरलाई पछि पार्दै रेखाको अग्रता कायमै

नेकपा एमाले महासचिव शंकर पोखरेललाई पछि पार्दै सत्ता गठबन्धनबाट नेकपा माओवादी नेता रेखा शर्माले झन्डै दोब्बर मतले अग्रता लिएकी छिन् ।

कुल ४४९६ मत गणना हुँदा रेखाले २ हजार १५४ मत ल्याएकी छन् भने शंकरले १ हजार ५४८ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले ५८१ मत ल्याएका छन् ।

यो पनि पढ्नुहोस् – संखुवासभाका दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाका तीन मतदान स्थलका मतपेटिका हेलिकप्टर मार्फत खाँदबारी ल्याइएको छ । चीनको सिमावर्ती किमाथांका, थुदाम र रिदाक मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकप्टर मार्फत ल्याइएको हो ।

भौगोलिक रुपमा विकट र दुर्गम मानिएको भोटखोला गाउँपालिकाको दुधपोखरी आधारभूत विद्यालय थुदाम, हिमालय आधारभूत विद्यालय किमाथांका र ज्योती आधारभूत विद्यालय रिदाकसहित तीन मतदान केन्द्रको मतपेटिका सोमबार दिउँसो हेलिकप्टर मार्फत सहायक निर्वाचन अधिकृत डाक्टर इन्द्र सापकोटाले जानकारी दिए ।

भोटखोलाबाट सदरमुकाम खाँदबारी ल्याउन गाडी र पैदल गरेर ३ दिनसम्म लाग्ने गर्दछ । थुदाम मतदान केन्द्रको २० मत, किमाथांकाको १ सय ४८ र रिदाक मतदान केन्द्रमा खसेको मत पेटिकालाई खाँदबारी ल्याइएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १ सय ६४ मतदान केन्द्र मध्ये १ सय ५ केन्द्रको मतपेटिका सदरमुकाम खाँदबारीमा संकलन भइसकेको छ । संखुवासभामा १ लाख १७ हजार ५ सय ५४ मतदाता रहेका छन् । संखुवासभामा ५६ प्रतिशत अर्थात् ६५ हजार ८ सय ९२ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय