विश्वप्रकाश शर्माको क्षेत्रमा यस्तो छ अवस्था

काठमाडौं । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा उम्मेदवार भएको झापा–१ मा मतगणना सुरु भएको छ। मतगणना सुरु भएको केही समय भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस क्षेत्रमा कांग्रेस महामन्त्री शर्मा र एमाले नेता तथा पूर्वमहान्यायधिवक्ता अग्नि खरेल चुनावीबीच प्रतिस्पर्धा छ। झापाको यस क्षेत्रमा सबैभन्दा ७२।६० प्रतिशत मत खसेको थियो। यहाँ ८७ हजार ३९६ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

यो पनि पढ्नुहोस् – काठमाडौं । काठमाडौं– ४ मा कांग्रेस उम्मेदवार गगन थापाले मतान्तर बढाउनुभएको छ। प्रारम्भिक मत गणनामा उहाँ एमालेका उम्मेदवार राजन भट्टराईभन्दा ४०९ मतले अगाडि हुनुहुन्छ ।

अहिलेसम्म २७०५ मत गणना गरिएकोमा कांग्रेस उम्मेदवार थापाले १३५८ मत पाउनुभएको छ भने एमालेका उम्मेदवार राजन भट्टराईले ९४९ पाएर पछ्याइ रहनुभएको छ ।

यस निर्वाचन क्षेत्रमा २०७० र २०७४ मा थापा नै विजयी हुनुभएको थियो। २०७४ मा उहाँले भट्टराईलाई नै पराजित गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय