काठमाडौं–४ को पछिल्लो मतगणना अपडेट

काठमाडौं । काठमाडौं– ४ मा कांग्रेस उम्मेदवार गगन थापाले मतान्तर बढाउनुभएको छ। प्रारम्भिक मत गणनामा उहाँ एमालेका उम्मेदवार राजन भट्टराईभन्दा ४०९ मतले अगाडि हुनुहुन्छ ।

अहिलेसम्म २७०५ मत गणना गरिएकोमा कांग्रेस उम्मेदवार थापाले १३५८ मत पाउनुभएको छ भने एमालेका उम्मेदवार राजन भट्टराईले ९४९ पाएर पछ्याइ रहनुभएको छ ।

यस निर्वाचन क्षेत्रमा २०७० र २०७४ मा थापा नै विजयी हुनुभएको थियो। २०७४ मा उहाँले भट्टराईलाई नै पराजित गर्नुभएको थियो।

यो पनि पढ्नुहोस् – काठमाडौं । सप्तरी क्षाेत्र नम्बर २ मा जनमत पार्टीका सीके राउतले १ हजार २० मतसहित आफ्नो अग्रता दोब्बर बनाएका छन् ।

उनलाई जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ४५२ मतसहित पछ्याइरहेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर ३०८ मतसहित तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय