सीके राउत उपेन्द्रभन्दा दोब्बर मतले अघि

काठमाडौं । सप्तरी क्षाेत्र नम्बर २ मा जनमत पार्टीका सीके राउतले १ हजार २० मतसहित आफ्नो अग्रता दोब्बर बनाएका छन् ।

उनलाई जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ४५२ मतसहित पछ्याइरहेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर ३०८ मतसहित तेस्रो स्थानमा छन् ।

यो पनि पढ्नुहोस् – काठमाडौं । भक्तपुर क्षेत्र नम्बर-२ को जारी मतगणनामा नेपाली कांग्रेस अगाडि देखिएको छ भने दोस्रो स्थानमा नेकपा एमाले रहेको छ ।

आइतबार दिउँसो १ बजेसम्‍म १० हजार ४३६ मतगणना सकिँदा कांग्रेसका दुर्लभ थापा क्षेत्रीले ४ हजार ११९ मतसहित अग्रस्थानमा छन् ।उनलाई पछ्याइरहेका नेकपा एमालेका नेता महेश बस्नेत ३ हजार ६८४ मतसहित दोस्रो स्थानमा छन् ।

यस्तै नेपाल मजदूर किसान पार्टीका अनुराधा थापामगर ८६९सहित तेस्रो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विक ७३५ मतसहित चौथो स्थानमा छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहन केसी ४५० मत प्राप्त गरेका छन् । भक्तपुर-२ को मतगणना भक्तपुरको कोशल्टार र बोडेमा जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय